नियम १९
निरीक्षण अधिकृतमा नियुक्ति हुनको लागि योग्यता
निरीक्षण अधिकृतको पदमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिमको हुनु पर्नेछ :
(क) रशायनशास्त्रमा स्नातक उत्र्तीण गरेको, वा
(ख) फार्मेसीमा स्नातक उत्र्तीण गरेको, वा
(ग) फूड टेक्नोलोजीमा स्नातक उत्र्तीण गरेको, वा
(घ) जनस्वास्थ्यमा स्नातक उत्र्तीण गरेको, वा
(ङ) कानुनमा स्नातक उत्र्तीण गरेको, वा
(च) बजार व्यवस्थापनमा स्नातक उत्र्तीण गरेको, वा
(छ) कुनै विषयमा स्नातक उत्र्तीण गरी उपभोग्य वस्तु वा सेवाको गुणस्तर निर्धारण तथा परीक्षण सम्बन्धी विषयमा कम्तीमा एक महिनाको तालिम प्राप्त गरेको ।